एनआईसी एशियाको एपबाट प्लेनको टिकट बुक गर्दा क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 05:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइनको टिकट बुक गर्दा क्यास ब्याक दिने भएको छ। बैंकले बैंकिङ्ग एप मार्फत एयरलाइनको टिकट बुक गर्दा  २० प्रतिशत सम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो योजना आषाढ १२ गते देखि आषाढ १८ गते सम्म लागू हुने छ। यस योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने छन् ।  पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक टिकट बुकिङकै समयमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved