एनएमबि बैंक र टानबिच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 07:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो ।

उक्त समझदारीमा बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुम बहादुर सुबेदीले हस्ताक्षर गरेका छन्  ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको बैंकले जनाएको छ । 

 बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved