बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 08:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा छुट पाउने भएका छन् ।बैंक र द बर्गर हाउसबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पश्चात् ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२% छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

 बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved