बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई किम्ची फास्टफुडमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 05:27:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई ८ प्रतिशत  छुट उपलब्ध गराउने सम्झौता भएको हो  ।

सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८% छुट पाउने बैंकले जनाएका छन् । बैंकका अनुसार उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved