तरलता समस्या देखिएपछि बजारमा २५ अर्ब पठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 10:08:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बजारमा २५ अर्ब पठाउने भएको छ । बजारमा तरलता समस्या देखिएपछि राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर बजारमा २५ अर्ब पठाउन लागेको हो 

राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो। राष्ट्र बैंकले आज बिहिबार बोलकबोल गरेर शुक्रबार बिल्स खरिद गरेर बजारमा रकम पठाउने भएको हो 

राष्ट्र बैंकको मौद्रिक ब्यबस्थापन विभागका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ। काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. ५ करोड वा रु.५ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्ने विभागले जनाएको छ। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकवोल गर्नुपर्नेछ।

विभागका अनुसार सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर (Yield Rate) गणना गरी सवभन्दा बढी प्रतिफलदर (Yield Rate) बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमश: बाँडफाँड गरिनेछ । तर समान वार्षिक प्रतिफल दर (Yield Rate) भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूप (Pro-rata Basis)मा बाँडफाँड गरिनेछ ।

विभागले भनेको छ 'बोलकबोलमा संलग्न काउण्टरपार्टीले २०७९ भदौ ०९ गते विहिवार दिनको ३:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved