सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनको लागि विशेष छुट योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 06:33:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार सानिमा बैंकको डेविट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान)  बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट (क्यु आर कोड)  बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।

 बैंकको१२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved