सिद्धार्थ बैंकका ग्राहकहरुलाई कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 05:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक र नेपालगंज स्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेट बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग मार्फत होटल बसाई तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा ३०% सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved