माछापुछ्रे बैक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 05:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ  । 

माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । 

ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । 

यसै गरी बैंकका ग्राहकहरुले मोको  मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ«े बैंकका मर्चेन्टहरुले एम–भिसा, अलिपे र युनियन पे सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्यूआर  बाटै भुक्तानी लिन सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved