शेयरधितो कर्जाको १२ करोडको सीमा कायम राख्ने पक्षमा राष्ट्र बैंक छैन : कार्यकारी निर्देशक श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 07:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जाको १२ करोडको सीमा पनि हटाउने जनाएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले शेयरधितो कर्जाको ४ को सीमा मौद्रिक नीति मार्फत हटाएको र १२ को सीमा पनि कायम राख्ने पक्षमा राष्ट्र बैंक नरहेको बताएका हुन् ।

 उनले मौद्रिक नीतिमा नै प्रष्टसँग ब्रोकर मार्फत कर्जा दिने ब्यबस्था भएपछि ४/१२ को ट्याग लागेको यो ब्यबस्था पूर्णरुपमा हट्ने उल्लेख गरेको स्मरण गराए । राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख रहेका उनले यस विषयमा धितोपत्र बोर्डको नियमन बलियो भए राष्ट्र बैंकले यस विषयमा हेर्नै नपर्ने र राष्ट्र बैंकलाई समेत हल्का हुने  तथा गाली खाने अवस्था नै नआउने उनले बताए । 

उनले बैंकले दिने ऋण पुँजीबजारमा कम भन्दा कम गएर अरु क्षेत्रमा त्यो ऋण जानु पर्ने बताए । उत्पादनमुलक क्षेत्रलाई ऋणको धेरै भन्दा धेरै आवश्यकता रहेकोले बैंकले दिने ऋण पुँजीबजारमा कम र उत्पादनमुलक क्षेत्रमा बढी जानु पर्ने उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved