प्रभु बैंकका ग्राहकलाई युरेका इन होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 08:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र मुक्तिनाथ स्थित युुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट जोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युुरेका इन होटलका तर्फबाट प्रोप्राइटर सुरजन तुलाचनले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले युुरेका इन होटलद्धारा सञ्चालित “फुड”, “वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । 

 सम्झौता अन्तर्गत युुरेका इन होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, युुरेका इन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved