गत साता २१ अर्बले बढ्यो बैंकहरुको निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 04:12:43 PM मा प्रकाशित

गत साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार गत साता कमर्शियल बैंकको निक्षेप २१ अर्बले  बढेको हो। 

कार्तिक ११ गतेदेखि कार्तिक १८ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब २४ अर्बबाट २१ अर्बले बढेर ४५ खर्ब ४५ अर्ब पुगेको छ।  सोहि अवधिमा कर्जा लगानी भने १ अर्ब घटेको छ । कार्तिक ११ गते कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रहेकोमा कार्तिक १८ गतेसमको अवधिमा  कर्जा प्रवाह १ अर्बले घटेर ४२ खर्ब २४ रहेको छ ।  

त्यस्तै कार्तिक १८ गतेको तथ्यांक अनुसार बैंकहरुको औसत सिडी रेसियो ८७.२१ प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved