दराजको ११.११ अभियानमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 06:51:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले ग्राहकहरुले दराजको ११:११ अभियानमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि दराजसँग सम्झौता गरेको हो।

सम्झौता अनुसार योजना अवधिभर बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन्। ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ३,०००÷– सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

बैंकका १२९ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved