आफ्नै सहकारी सञ्चालन गर्दै मुक्तिनाथ विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 07:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड नामको सहकारी दर्ता पक्रिया अगाडी बढाएको छ। बैंकले नवलपरासी जिल्लाको हुम्सेकोटमा आम जनभेला गर्दै तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाएको हो । 

स्थानिय समाजसेवी ओम घर्ति मगरको सहजिकरणमा कृषक टोप बहादुर सेनको अध्यक्षतामा आम जनभेला गरिएको बैंकले जनाएको छ। बैंकले ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी, घरघर रोजगारीको नारा लगाउँदै बहुउद्देश्यीय कृषि सहकारी सञ्चालन गर्ने भएको हो। सहकारी मार्फत स्थानिय सर्वसाधरणमा उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने बैंकको अभियान रहेको छ। 

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोटकी प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो।

बैंकका अनुसार सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानिय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसंग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादक देखि उपभोक्ता सम्मको मुल्य श्रृखला निर्धारण गर्ने काम हुनेछ । सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ भने कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम,प्रशिक्षण,विउविजन,विषादी लगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ ।

साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्ता सम्म पु¥याउने कामको जिम्मा लिने बैंकले जनाएको छ । भविष्यमा कृषि पेशा सम्मानित पेशाको रुपमा विकसित भई हरेक घरघरमा रोजगारी श्रृजना हुने र यस पेशामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा कमी आउनुको साथै भविष्यमा आर्थतन्त्रमा नै यसले ठुलो योगदान पुग्ने अध्यक्ष ढकालले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved