स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 02:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा 'क' वर्गको वाणिज्य बैंके माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई (SCT-UPI) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

  यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहकले एससीटी यूपीआई (SCT UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी यूपीआई (SCT UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce ) जस्ता सेवा सजिलै लिन सक्ने बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved