वाणिज्य बैंकहरुलाई आगामी आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 06:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ देखि काउन्टर साइक्लिकल बफर लागु गर्नु पर्ने भएको छ  ।  राष्ट्र बैंकले आज एकिकृत निर्देशन २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

निर्देशन अनुसार वाणिज्य बैंकहरुले आ.व २०८०/८१ देखि Capital Adequacy Framework 2015 मा व्यवस्था भए बमोजिमको Countercyclical Buffer कायम गर्नु पर्नेछ । 

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिमा कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६÷७७ बाट स्थगन गरिएको Countercyclical Buffer को व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने उल्लेख गरेको थियो । 

काउन्टर साइक्लिकल बफर बैंकहरुलाई जोखिमरहित बनाउन क्षमता अनुसार कर्जा विस्तारलाई एउटा सिमा भित्र राख्ने वित्तीय उपकरण हो । काउन्टर साइक्लिकल बफर लागु भएपछि बैंकहरुले कर्जा लगानी गर्दा नियामकिय ब्यवस्थाको अतिरीक्त तोकीएको प्रतिशत पुँजीकोष थप गर्नुपर्ने हुन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved