‘५ प्रतिशत प्रिमीयम जोड्ने भनेर हाम्रो आँखामा छारो हाल्न खोजियो, आन्दोलन रोकिनेवाला छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 02:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशत मात्रै प्रिमीयम जोड्ने भनेर गरेको निर्णय आँखामा छारो हाल्ने नियत मात्रै भएको बताएका छन् ।

आज बैंकर्स संघले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको भएपनि ब्याजदर बढी भएको विरोधमा आन्दोलनको नेतृत्व गरिरहेका उपाध्यक्ष श्रेष्ठले प्रिमीयम २ प्रतिशतमा सिमित हुनुपर्ने आफूहरुको माग यथावत रहेको प्रतिक्रिया दिए । 

‘प्रिमीयम ५ प्रतिशतमा सिमित गर्ने कुराले केही हुँदैन, हाम्रो बटमलाइन २ प्रतिशतमा सिमित गर्नुपर्छ भन्ने हो’ उनले भने, ‘५ प्रतिशतमा सिमित गर्ने भन्ने निर्णय उद्योगी व्यवसायीको आँखामा छारो हाल्ने नियत मात्रै हो, यसले केही योगदान गर्दैन ।’ 

उपाध्यक्ष श्रेष्ठले संस्थागत निक्षेपको ब्याजदर घटाएर र छोटो अवधिका मुद्धति निक्षेपहरु हटाएर भएपनि कर्जाको ब्याजदर एकल अंकमा कायम हुनुपर्ने निजी क्षेत्रको माग रहेको स्पष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved