राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीको आन्दोलन, महत्त्वपूर्ण काम प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 01:15:17 PM मा प्रकाशित

राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीले आन्दोलन थालेका छन्।  माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको आन्दोलनरत कर्मचारीको सँस्था 'नेपाल राष्ट्रिय कर्मचारी संगठन' ले जनाएको छ।

पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको नेकपा माओवादी केन्द्र निकट कर्मचारीको सँस्था 'नेपाल राष्ट्रिय कर्मचारी संगठन' का अध्यक्ष दिपेन्द्र कार्कीले बिजपाटीलाई बताए। 

उनकाअनुसार पछिल्लो डेढ महिनादेखि माग पुरा होला भनेर बस्दा पनि मागको सम्बोधन नभएपछि आन्दोलन थालिएको हो। अहिलेलाई प्रमुख कार्यकारी अधिकृतको कार्यलयमा कालोपट्टी बानेर धर्ना दिने काम भएपनि माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उनले बताए। 

"प्रत्येक दुई दुई वर्षमा 'ट्रेड युनियन एक्ट' ले दिएको व्यवस्थाअनुसारको तलब सुविधा तथा अन्य प्रशासनिक व्यवस्था हुनुपर्नेमा यस पटक सात महिना सकिदा पनि केहि सम्बोधन भएन, त्यहि भएर आन्दोलनको विकल्प रोज्नुपरेको हो" कार्कीले बताए। 

राष्ट्रिय बाणिज्य बैंकमा तीनवटा पार्टी निकट कर्मचारी संगठन सकृय रहेकोमा अहिले माओवादी केन्द्र निकट कर्मचारी सँस्थाले आन्दोलनको कार्यक्रम गरेको हो। यद्दपी आफुहरुको आन्दोलनमा नेकपा एमाले निकट नेपाल वित्तीय सँस्था कर्मचारी संघ र  नेपाली कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको पनि समर्थन रहेको तर उनीहरु आन्दोलनमा आईनसकेको कार्कीले बताए। 

कर्मचारीको आन्दोलनले प्रमुख कार्यकारी अधिकृतसँग जोडिएका महत्त्वपूर्ण आर्थिक, प्रशासनिक तथा दैनिक कामहरु प्रभावित भएको प्रमुख कार्यकारी अधिकृतको सचिवालयले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved