लक्ष्मी इन्टरकन्टिनेन्टलबाट विद्युतिय गाडी किन्न प्रभु बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 05:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार  लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, ग्राहकले खरिद गर्दा प्रभु बैंकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्रदान गर्ने छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकको विश्वास छ ।

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved