कृषि विकास बैंकद्वारा डा. भगवान कोइरालाको अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 01:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ । बुढानिलकण्ठस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्रा.डा.भववान कोइरालालाई रु.पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तावन्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यको लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. कोइरालाले बच्चाहरुले स्वास्थ्य उपचार पाउन नसकिरहेको अवस्थामा उनीहरुको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ किओचको स्थापना भएको बताए । सन् २०१७ मा स्थापना भएको यस संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा बाल अस्पताल निर्माण कार्यको थालनी गरिसकेको बताउँदै अध्यक्ष डा. कोइरालाले कृषि विकास बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved