अर्थतन्त्र स्ट्यागफ्लेसनबाट गुज्रिरहेको छ, परिस्थिति अनुसार मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 05:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सन् २०२३ चुनौतिपूर्ण वर्ष हुने बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले सन् २०२३ विश्वभर नै चुनौतीपूर्ण वर्ष हुने बताएका हुन् ।

उनले विश्वको अर्थतन्त्र स्ट्यागफ्लेसनबाट गुज्रिरहेकोले नेपाल पनि विश्व कै अवस्था हेरेर अगाडी बढ्नु पर्ने अवस्थामा रहेको बताए । विश्व अर्थतन्त्र नै अप्ठेरो अवस्थामा रहेको र त्यसको प्रभाव नेपालमा पनि परेकोले राष्ट्र बैंकले परिस्थिति हेरेर मौद्रिक नीति ल्याउने उनले प्रष्ट पारे । अहिलेको परिस्थिति अनुसारको बजेट आएकोले त्यहि अनुसारको मौद्रिक नीति आउने उनले प्रष्ट पारे ।

उनले सन् २०२३ चुनौतिपूर्ण हुने भएपनि कोभिडको बेला जस्तो राहत उपलब्ध गराउन नसकिने प्रष्ट पारे । धेरैले राहातको अपेक्षा गरेपनि त्यस्तो अपेक्षा पुरा नहुने उनको संकेत थियो ।

मुद्रास्फीतिलाई हेरेर नै मौद्रिक नीति बनाउने काम राष्ट्र बैंकको भएकोले मुद्रास्फीति बिग्रने गरि मौद्रिक नीति विस्तार गर्नेतर्फ राष्ट्र बैंक नजाने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved