३० अर्बको सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको प्रभावकारीताबारे अध्ययन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 08:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा , व्यवसायीक निरन्तरता कर्जाको प्रभावकारीताबारे अध्ययन सुरु गरेको छ । राष्ट्र बैंकले २०७९ साल भदौ २० गते यी कर्जाको स्वतन्त्र लेखापरीक्षण गर्नको लागि भन्दै प्रस्ताव आह्वान गरेको थियो ।

सार्वजनिक रुपमा प्रस्ताव आह्वान गर्दा आएका प्रस्ताव मध्येबाट जोशी एण्ड भण्डारी एसोसियट्सले उक्त अध्ययन गरिरहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सहुलियतपूर्ण कर्जामा करिब २३ अर्ब, पुनार्कर्जाको ब्याजमा करिब ७ अर्ब बढी खर्च भएकोले त्यसको प्रभावकारिता अध्ययन गर्न लागिएको बताए ।

कार्यविधि अनुसार कर्जा प्रवाह भएको छ वा छैन, लक्षित वर्गमा कर्जा पुग्यो कि पुगेन, कर्जाको लाभ कसले लियो, आवश्यकताको आधारमा कर्जा प्रवाह भयो वा भएन लगायतका विषयमा अध्ययन हुने बताईएको छ । भदौसम्म यसको नतिजा आईसक्ने राष्ट्र बैंकले जनाएको छ । अध्यनको नतिजाले भविष्यमा प्रवाह हुने कर्जाको व्यवस्थालाई दिशानिर्देश गर्ने कामसमेत गर्ने राष्ट्र बैंकको अपेक्षा छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved