एनआईसी एशिया बैंकको वेबसाइट अपग्रेड, बोलेरै कमाण्ड दिन सकिने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 12:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया बैंकले आफ्नो वेबसाइट nicasiabank.com अपग्रेड गरि सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ वेबसाइटलाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरिएको बैंकले जनाएको छ।

बैंकले  हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो । बैंकका अनुसार ग्राहकहरुले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (voice command) द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहकहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको 'कस्टुमर जर्नी म्यापिङ सिस्टम'बाट ग्राहकले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् ।

बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमा रहेको Omnichannel प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई-कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक महानुभावहरुलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास लिएको बैंकले उल्लेख गरेको छ।

 बैंकले ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved