एम्जी इलेक्ट्रिक भेहिकल किन्न प्रभु बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 03:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिईएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved