राष्ट्रिय वाणिज्य बैंकले सबै ऋणीलाई ब्याजमा छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 01:16:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ । बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको जनाएको ।

बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण(असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता÷जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन बैंकले सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ।

बैंकले  हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved