सनराइज बैंकको साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 06:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आइतबार  बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सभा सम्पन्न भएको हो।

उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात  तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सन्राइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved