१० महिनामा बैंकको खुद नाफा ५७ अर्ब: नबिल शिर्ष स्थानमा, पछ्याउदै ग्लोबल र एनआईसी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 12:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधि वाणिज्य बैंकहरुले ५७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० वैशाखसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ५७ अर्ब १६ करोड खुद नाफा गरेका हुन् ।

जस मध्ये नबिल बैंकले सर्वाधिक ६ अर्ब १२ करोड खुद नफा गरेको छ । ५ अर्ब ३४ करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ३९ करोड खुद नाफा सहित एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने ४ अर्ब ५ करोड खुद नाफा गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब ८९ करोड रहेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ४३ करोड, लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४६ करोड, तथा माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ५६ करोड रहेको छ ।

यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved