हेफरसँगको सहकार्यमा प्रभु बैंकद्वारा कृषकहरुलाई सहुलियतपुर्ण ऋण प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 01:35:08 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच भएको सम्झौता अनुरुप  किसानहरूलाई प्रभु बैंकले सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।  नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को सहकार्यमा प्रभु बैंकले सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो।

नुवाकोटको बट्टारमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट रु ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको बैंकले जनाएको छ । 

बैंकले गरेको सम्झौता अनुसार हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरुले सहुलियतपुर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

हेफर ले ४४ जिल्लाका करिव ४००,००० पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुर्याउन सहजिकरण गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved