हिजोको भन्दा पनि कम ब्याजमा बैंकहरुले राष्ट्र बैंकलाई दिए २० अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 06:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज रिभर्स रिपो बोलकबोल गरेर २० अर्ब रुपैयाँ प्रणालीबाट खिच्दा बैंकहरुले ४० अर्बसम्मको लागि आवेदन पेश गरेका छन् । बैंकहरुले ४० अर्ब १५ करोडको लागि आवेदन हालेका हुन् 

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले लगातार दोस्रो दिन आज रिभर्स रिपो जारी गरेर २० अर्ब रुपैयाँ प्रणालीबाट फिर्ता लगेको हो । यस बोलकबोलमा बैंकहरुले न्युनतम २ प्रतिशत र अधिकतम २.७४ प्रतिशत ब्याज कबुल गरेका थिए । राष्ट्र बैंकले भारित औसत २.३७ प्रतिशत ब्याजमा २० अर्ब रकम आज उठाएको हो । राष्ट्र बैंकले हिजो मंगलबार भारित औसत २.५४ प्रतिशत ब्याजमा २० अर्ब रकम उठाएको थियो । आज हिजो मंगलबारको भन्दा पनि सस्तो ब्याजमा बैंकहरुले रकम लगानी गरेका हुन् । 

राष्ट्र बैंकका अनुसार आजको बोलकबोल प्रक्रियामा १४ वटा बैंक तथा वित्तीय संस्थाबाट ८७ वटा आवेदन परेको थियो । राष्ट्र बैंकले आज १४ दिन अवधिको लागि २० अर्ब प्रणालीबाट खिचेको हो 

 अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ।  बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन  गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । 

यस अघि : बैंकहरुमा थुप्रियो झन्डै ५ खर्ब, पैसा थुप्रिएपछि ब्याज घटाउने तयारीमा बैंकर्स संघ

बैंकहरु सरकार र राष्ट्र बैंकसँगको कारोबारमा रमाउँदा बजारमा पैसाको अभाव



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved