बैंकिङ विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ पुस्तक सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 03:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ विज्ञ बीएन घर्तीले ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक बजारमा ल्याएका छन्। जल्दाबल्दा बैंकिङ विषयहरुको विश्लेषण गरिएको यस पुस्तकले  बैंकिङ अभ्यासमा परिवर्तन ल्याउनका लागि भूमिका खेल्न सक्ने विश्वास लेखक घर्तीले लिएका छन् । 

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीले उक्त पुस्तक अध्ययन गरेमा त्यसले अहिले गरिरहेको  बैंकिङ अभ्यासमा परिवर्तन ल्याउनका लागि भूमिका खेल्न सक्ने घर्तीले उल्लेख गरेका छन् ।

 पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट नभइ दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ, किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, किन कर्मचारीहरुलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन,  पारिश्रमिक दिनेगरी किन व्यवसायिक संचालक नियुक्त गर्नु पर्दछ, किन एक नं. हुने दौडमा सामेल हुनु हुँदैन, फाइनान्स कम्पनी र बिकास बैंक किन चाहिन्छन् लगायतक विषय समावेश छन् । 

त्यस्तै लघुवित्तले बहुबैंकिङ गरिरहेका छन् भन्ने थाहा पाउदा पाउदै करिव ५ बर्ष राष्ट्र बैंक किन चुप लागेर बस्यो, उच्च पदस्थ व्यक्ति र प्रतिबन्धित सूचीमा रहेका व्यक्तिहरुलाई पहिचान गर्न के गर्नु उपयुक्त हुन्छ, बैंक तथा वित्तीय संस्था समस्यामा परे पछि सहज अबस्थामा फर्कन किन बर्सौं लाग्छ आदि जस्ता बिषयबस्तुको लेखकले विश्लेषण गरेका छन् ।

नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले यो पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना भएको बताएका छन्। विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र नभई  भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि यो पुस्तक एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुने उनले उल्लेख अग्रेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved