एभरेष्ट बैंकद्वारा सरस्वती माविलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 06:02:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले  दुधौली न.पा वडा नं. ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ । सो विद्यालयको खानेपानी व्यवस्थापनार्थ बैंकले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास लिएको बैंकले जनाएको छ । साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । 

 बैंकले १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved