वाणिज्य बैंकहरु आफैले निर्धारण गरे ब्याज: ४ वटाको बढ्दा ५ वटाको स्थिर, ९ वटाले घटाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 12:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले ब्याजदरमा हुँदै आएको भद्र सहमति अन्त्य गरेपछि बैंकहरुले आफैले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गरेका छन् । वाणिज्य बैंकहरुले साउन महिनाको लागि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । 

जस अनुसार केहि बैंकले निक्षेपको ब्याजदर बढाएका छन्, भने केहिले घटाएका छन् । केही बैंकको ब्याजदर भने स्थिर रहेको छ ।

नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज बढाएका छन् । जस अनुसार एनएमबि बैंकको ब्याजदर सबैभन्दा बढी भएको छ ।  एनएमबि बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। त्यस्तै प्राइम कर्मशियल बैंकले १०.९३ प्रतिशत ब्याज तोकेको छ भने नबिल बैंकले १०.४९ प्रतिशत ब्याज तोकेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक,नेपाल एसबिआई बैंक, हिमालयन बैंक, र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् । यी बैंकको ब्याजदर साविक कै ९.९९ प्रतिशत रहेको छ । 

त्यस्तै सानिमा बैंक,कृषि विकास बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक ,प्रभु बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याज घटाएका छन्। जस अनुसार   स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबै भन्दा कम ८.९५ प्रतिशत कायम भएको छ। राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको ब्याजदर ८.९९ प्रतिशत, तथा माछापुच्छ्रे बैंकको ब्याजदर ९ प्रतिशत कायम भएको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved