कृषि विकास बैंकद्वारा महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 03:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषबाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग गरेको छ  ।   प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यस संग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदि वारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुर्याउने कार्यका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।  

वातावरण संरक्षण सहित शुद्ध खाद्य वस्तुको उत्पादन तथा स्थानीय स्तरमै उचित मुल्य सहित वजार पहँुचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्ष्यमा बैंकको सहयोग पुग्ने बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बताए।

वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्र्तगत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved