प्रभु बैंकका ग्राहकलाई धुलिखेल डेण्टल केयरमा उपचारमा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 11:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयरबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका तर्फबाट प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन।   सबै उमेर समुहका व्यक्तिको दाँतको उपचार  शुल्कमा २० प्रतिशत छुट हुनेछ। 

प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नाराका साथ शक्तिशाली,मजबुद, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाईमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने  ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बंैकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved