सानिमा बैंकमा अनलाइनबाटै ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको आधिकारिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2023 | 07:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ । सानिमा बैंकद्वारा जारी गरिएका Balance Certificate को आधिकारिकता उक्त Balance Certificate मा उल्लेखित QR code स्क्यान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिने बैंकले जनाएको छ।

यसैगरी, बैंकले Good for Payment Cheque को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत Good for Payment Cheque को आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने बैंकले उल्लेख गरेको छ।

यस सुविधाको सुरुवातसँगै नक्कली Balance Certificate र नक्कली Good for Payment Cheque हरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने  विश्वास बैंकले व्यक्त गरेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved