सिटिजन्स बैंकका ग्राहकलाई द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 06:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा १०% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ । 

बैंकले १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved