माछापुच्छ्रे बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 10:11:27 PM मा प्रकाशित

माछापुच्छ्रे बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने National Best Presented Annual Report (BPA) Award, 2022 बाट बैंक सम्मानित भएको हो।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको Certificate of Merit अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१ / २२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड पाएको बैंकले जनाएको छ।

बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved