प्रभु बैंकका ग्राहकलाई पिजफाइर रेष्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 09:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्ट द्धारा प्रदान गरिने “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ । बैंकका अनुसार सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान  गरिने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास रहेको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved