पाँच वर्षमा नेपाल बैंकको छलाङ : शेयरधनीलाई लाभांश निरन्तर, राजश्वमा अर्बौंको योगदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 09:30:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो बैंकको रुपमा स्थापना भएको नेपाल बैंक विभिन्न आरोह-अवरोह पार गर्दै अहिले बजार निर्देशित अवधि अर्थात् ‘मार्केट ड्रिभन पिरियड’मा रहेको छ। 

विक्रम सम्बत १९९४ मा स्थापना भएको नेपाल बैंक २०४६ सालको संकटलाई पारगर्दै अहिले सहज अवस्थामा मात्रै नभई निजी लगानीका बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा आइपुगेको तथ्यांकले देखाउँछ। 

२०४६ सालको संकटलाई छिचोल्दै बजार निर्देशित अवधिमा आइपुगेको नेपाल बैंकले पछिल्लो पाँच वर्षमा अर्थात २०७५ साउनदेखि २०८० असार मसान्तसम्म उल्लेख्य प्रगति गरेको यसका तथ्यांकले देखाउँछन्। यो पाँच वर्षको अवधिमा नेपाल बैंकले आफ्ना शेयर लगानीकर्तालाई पहिलो पटक लाभांश वितरण गर्न सक्ने भएको छ। बैंकले २०७५ सालदेखि गत आर्थिक वर्षसम्म ७० प्रतिशत लाभांश वितरण गरिसकेको छ भने गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्न बाँकी छ। 

बैंकले २३ वर्षपछि पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई प्रतिफल दिन सफल भएको हो। र शेयरधनीलाई प्रतिफल दिने क्रमलाई बैंकले निरन्तरता दिनसमेत सफल भएको छ। २०७५/७६ मा शेयरधनीलाई २५ प्रतिशत लाभांश प्रदान गरेको बैंकले त्यसपछिका वर्षहरुमा निरन्तर लाभांश प्रदान गर्दै आएको छ 

शेयरधनीलाई मात्र नभई नेपाल बैंकले नेपालको राजश्वमा पनि उल्लेखनीय योगदान पुर्याउन सफल भएको छ। २०७४/२०७५  मा १ अर्ब ४१ करोड राजश्व तिरेको नेपाल बैंकले २०७८/०७९ मा २ अर्ब ६८ करोड राजश्व बुझाएको छ। 

पाँच वर्षमा नेपाल बैंकले सञ्जाल विस्तार गरी १३९ वटा शाखालाई २२८ पुर्याएको मात्रै छैन, आधुनिक डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै जनताको घर घरमा बैंकिङ  सेवा पुर्याएको छ।  संघीय प्रणालीलाई स्वीकार गर्दै बैंकले देशका सातै प्रदेशमा आफ्ना प्रदेश कार्यलय समेत राखेको छ।  

बैंकले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म हरेक वर्ष पुस मसान्तमै साधारणसभा गर्दै आएको छ।  बैंकले पछिल्लो ५ वर्षमा विभिन्न ५२ वटा नीति तथा नियम निर्माण गरी कार्यन्वयनमा ल्याएको छ।

 पछिल्लो ५ वर्षको अवधिमा बैंकको वित्तीय अवस्था पनि अब्बल हुँदै आएको छ। आव २०७५ को असारमा ९९ अर्ब ५४ करोड रहेको बैंकको निक्षेप २०८० असारसम्म आइपुग्दा २ खर्ब ४४ अर्ब पुगेको छ। प्रतिशतको आधारमा यो १४५.६८ प्रतिशतको वृद्धि हो।  त्यस्तै २०७५ असार ७८ अर्ब रहेको बैंकको कर्जा प्रवाह बढेर २०८०  असारमा १ खर्ब ८४ अर्ब पुगेको छ । प्रतिशतको आधारमा यो १३५.४८ प्रतिशतको वृद्धि हो।

विगत ५ वर्षको अवधि बैंकको चुक्ता पुँजी ८२.७१ प्रतिशतले बढेको छ। २०७५ असारमा ८ अर्ब ४ करोड रहेको बैंकको चुक्ता पुँजी २०८० असरमा बढेर १४ अर्ब ६९ करोड पुगेको छ।

त्यस्तै विगत ५ वर्षको अवधिमा बैंकको खराब कर्जामा उल्लेखनीय सुधार देखिएको छ। आव २०७५/७६ मा २.५८ प्रतिशत रहेको खर्ब कर्जा आर्थिक वर्ष २०७८/७९ मा घटेर १.८३ प्रतिशत पुगेको थियो । तर अर्थतन्त्रमा देखिएको मन्दीका कारण आर्थिक वर्ष २०७९/०८० मा समग्र बैकिङ उद्योगमा खराब कर्जा बढेर झन्डै ५ प्रतिशत पुग्दा पनि नेपाल बैंकको बैंकको खराब कर्जा २.८५ प्रतिशतमा सिमित रहेको छ। 

बैंकले देशका ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ। २०७५ असारमा बैंकको उपस्थिति ६४ जिल्लामा रहेकोमा २०८० असारसम्ममा बैंकको उपस्थिति ७१ जिल्लामा पुगेको छ । यस अवधिमा बैंकको शाखा संख्या १३९ बाट बढेर २२८ पुगेको छ भने एटिएम संख्या ५६ बाट बढेर २०३ पुगेको छ । २०७५ असर देखि २०८० असारसम्मको अवधिमा बैंकले ८९ वटा शाखा र १४७ वटा एटिएम थप गरेको हो।


बैंकले २०७७ साउनबाट क्रेडिट कार्ड सेवा सुरु गरेकोमा २०८० असारसम्मको छोटो अवधि मै बैंकको सक्रिय क्रेडिट कार्डको संख्या २२३४ पुगेको छ ।नेपाल बैंकले कर तथा गैरकर राजस्वको रुपमा नेपाल सरकारलाई गरेको योगदान निरन्तर वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४र७५ मा बैंकले नेपाल सरकारलै १ अर्ब ४१ करोड आयकर तिरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा सो बढेर १ अर्ब ५५ करोड पुगेको थियो । 

आर्थिक वर्ष २०७६/७७ देखि भने बैंकले नेपाल सरकारलाई नगद लाभांशसमेत दिँदै आएको छ । सो वर्ष बैंकले सरकारलाई ५० करोड नगद लाभांश दिएको थियो । आय कर र नगद लाभांश गरे आर्थिक वर्ष २०७६(७७ मा बैंकले सरकारलाई कुल १ अर्ब ९१ करोड रुपैयाँ प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा बैंकले विभिन्न शीर्षकमा नेपाल सरकारको राज्य कोषमा क्रमश २ अर्ब ९ करोड र २ अर्ब ६८ करोड योगदान गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ देखि बैंकले विभिन्न कम्पनीका शेयरमा पनि लगानी गरेको छ । जसको अंकित मूल्य १ अर्ब ८३ करोड ६६ लाख रहेको छ । बैंकले नेपाल पुनर्बीमा कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त, आरएमडिसी लघुवित्त, डिप्रोक्स लघुवित्त, नागरिक लगानी कोष, नेपाल क्लियरिंग हाउस, हिमालयन पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, साना किसान विकास बैंक, इकरा नेपाल लिमिटेड, लगायतका कम्पनीमा शेयर लगानी गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न  संघ संस्थालाई सहयोग गर्दै आएको छ । बैंकले कोभिडको कठिन समयमा नेपाल सरकारको कोभिड १९ रोकथाम तथा नियन्त्रण कोषमा पटकपटक गरी ४ करोड ४६ लाख सहयोग गरेको छ । 

बैंकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय निर्माणको लागि,  सफा हिमाल अभियानका लागि विभिन्न अनुसन्धान कार्यको लागि, र स्वास्थ्य क्षेत्रमा सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved