नेपाल बैंक र एशियाली विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 02:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग एडिबिको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम (ADB TSCFP) अन्तर्गत सम्झौता गरेको छ । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्र्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने बैंकले जनाएको छ ।

बैंकका अनुसार २०२२ मा ADB TSCFP ले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारीक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।

नेपाल बैंक ADB TSCFP सँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले २०० भन्दा बढी देशहरुबाट अन्र्तराष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बैंकले जनाएको छ । नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बैंकले उल्लेख गरेको छ ।

सम्झौतामा ADB TSCFP  का प्रमुख स्टिभन बेक, नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेला थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा खुसी रहेको र साना तथा मध्यम प्रकृतिका व्यवसायी बीच बैंकको उपस्थितिलाई अझ बढाउँदै ग्राहकहरूको व्यापारीक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर रहेको बताए। कार्यक्रममा एडिबि नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको  उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved