
माछापुछ्रे बैंक पछिल्लो समय बढ्दो बैंकिंङ अपराध बिरुद्द झनै कठोर बनेको पाइएको छ। बैकलाई प्रयोग गरेर बैंकिंङ अपराध गर्ने बिरुद्द बैंकिंङ कसुर ऐन अन्तर्गत मुद्दा चलाएर माछापुछ्रे बैकले कठोर नीति अख्तियार गरेको हो।
अष्ट्रेलिया अध्ययनको लागि माछापुछ्रे बैंकको बैक खाता नक्कली बनाएको आरोपमा मुद्दा चलाएर कन्सल्टेन्सी संचालक र बैंकको खाता बाहकलाई थुनाएको माछापुछ्रे बैंकले अहिले फेरि ब्रान्च लेस बैंकिंङको दुरुपयोग गरेर ग्राहक लुट्ने आफ्नै एजेन्ट पनि पक्राउ गर्नलाई बैंक सफल भएको हो।
रुपन्देहीको शाखा रहित बैंकिंङ संचालनको लागि लाइसेन्स पाएका एजेन्ट निरन्जन पाठकलाई बैंकिंङ कसुर ऐन अन्तर्गतको मुद्दा चलाएको हो। पाठकले आफुले दुरुपयोग गरेको पैसा तोकिएको समयमा भुक्तानी नगरेपछि मुद्दा दायर गरिएको बैंकले जनाएको छ। सोहि अनुसार जिल्ला प्रहरी कार्यलय रुपन्देहीले पाठकलाई पक्राउ गरि थप अनुसन्धानको लागि हिरासतमा राखेको हो। तिर्नलाई सहमति जनाएको करिब डेढ करोड रुपैयाँ नतिरेको उजुरीको आधारमा पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । “माछापुच्छ्रे बैंकले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि पाठकलाई पक्राउ गरिएको हो ।” विश्वकर्माले भने “थप अनुसन्धानको लागि म्याद थप गराउने प्रक्रियामा रहेका छौं ।”
एजेन्ट पाठकले २०७५ सालदेखि रुपन्देहीको समरीमाई गाउँपालिकामा माछापुछ्रे बैंकको शाखा रहित बैंकिंङ संचालन गर्दै आएका थिए। तर शाखा रहित बैंकिंङको मापदण्ड विपरित ग्राहकको पैसा दुरुपयोग गरेकोबारे गत वर्षमात्र थाहा हुन आएपछि बैकले गत वर्षनै पाठकलाई कारबाहीको लागि त्यहाँको प्रहरी कार्यलयमा उजुरी गरेको थियो।
निरीक्षणको क्रममा कैफियत देखिए पछि उक्त सेवा बन्द गराएर बैंकले त्यो बेला नै एजेन्ट पाठक विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिएको थियो। त्यो बेला पाठकले आफुले मापदण्ड बिपरित ग्राहकको पैसा दुरुपयोग गरेको स्वीकार्दै दुरुपयोग भएको पैसा भुक्तानी गर्नलाई सहमति समेत जनाएका थिए।
तर तोकिएको समय भन्दा चार महिना बढी वित्दा पनि पाठकले आफ्नो दायित्व बराबरको पैसा नतिरेपछि बैंकले बैंकिंङ कसुर ऐन अन्तर्गत मुद्दा दायर गरेको बैंकका प्रमुख सूचना अधिकारी सुनिल खतिवडाले जनाए। उक्त शाखा रहित बैंकिंङ मा कारोबार गर्ने त्यहाँका स्थानीयलाई उनीहरुको पैसा फिर्ताको लागि बैंक आफैले सहजीकरण गरिरहेको र ठुलो संख्यामा ग्राहकले पैसा फिर्ता पाइसकेको समेत खतिवडाले स्पष्ट पारेका छन्।
यस अघि : कन्सल्टेन्सीको ठगी धन्दा विरुद्द उत्रियो माछापुच्छ्रे बैंक, कन्सल्टेन्सी संचालक पक्राउ
रकम हिनामिना भएको घटनानाबारे यसो भन्छ माछापुच्छ्रे बैंक, पिडित भएको भए उजुरी दिन आग्रह