सानिमा बैंकको १९ औं साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 05:34:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले २०८० कार्तिक २ गते बिहीबारका दिन १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक बर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved