माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले गर्भनर समक्ष लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 03:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्ष रोशन केसीलाई शपथ ग्रहण गराएका हुन् ।

माछापुच्छ्रे बैंकको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले रोशन केसीलाई बैंकको अध्यक्ष चयन गरेको थियो । केसी यस अघि पनि बैंकको अध्यक्ष भएका थिए । उनी अप्रिल २०१७ देखि जनवरी २०१९ सम्म बैंकको अध्यक्ष थिए । पोखरा स्थायी ठेगाना रहेका उनी आधा दर्जन जलविद्युत कम्पनीमा पनि संलग्न छन् । 

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु लगायत अन्य पदाधिकारी र माछापुच्छ्रे बैंक सञ्‍चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved