मुद्दती निक्षेपमा २ अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 01:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ रकम २०८० पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्म ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २ अर्ब २९ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १४ करोड ३३ लाख रुपैयाँ रकम मुद्दतीमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यही मंसिर १२ गते राती १२ बजे भित्र इमेल पेश गर्न अनुरोध गरेको छ । साथै प्रस्ताव फाइलको पासवर्ड मंसिर १३ गते राती १२ बजेभित्र पेश गर्न समेत अनुरोध गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved