सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 01:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडांैको टेकुमा   संचालनमा ल्याएको छ । यससंगै काठमाडौँ उपत्यका भित्र बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् । 

टेकुमा आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन्। कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले  प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे । 

यस शाखा मार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । 

बैंकले १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved