वित्तीय चेतनाको लागि एभरेष्ट बैंकले बनायो ५ भिडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 02:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ भिडियो  निर्माण गरिएको बैंकले जनाएको छ।

उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए । उनका अनुसार उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको छ।

 उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुनेविश्वास लिएको बैंकले जनाएको छ । साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट संगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता  कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved