राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 02:21:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको हो । राष्ट्र बैंकको नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ निर्देशन अनुसार अब ब्याज पुँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL)मा रहेको सम्पूर्ण रकमलाई Interest Capitalized Reserve (ICR) बाट घटाई संचित मुनाफा हिसाबमा सार्न सकिनेछ । 

त्यस्तै अब  जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाइ ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ । यस अघि यो अवधि ३५ दिन थियो  ।

अब जे.भी. मा आवद्ध कुनै फर्म÷कम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जे.भी. मा आवद्ध अन्य फर्म÷कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन । यो नयाँ व्यवस्था हो, जुन यस अघि थिएँन ।

अब कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन्। तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न पाउने छन् । कानून बमोजिम प्राप्त भएको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, पेन्सन लगायतका रकम निकाल्न पनि पाउने छन् । कालोसूचीमा नरहेको कुनै फर्म÷कम्पनी अर्को कुनै कालोसूचीमा समावेश भएको फर्म÷कम्पनीसँग जे.भी.मा रहेका कारणले मात्र उक्त जे.भी. को निक्षेप खाता संचालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यहाँ क्लिक गरेर पुरा निर्देशन हेर्न सकिने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved