राष्ट्र बैंकले भन्यो 'फेरि व्यापार घाटा बढ्ने र बाह्य क्षेत्र दबाबमा पर्ने जोखिम छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:22:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  फेरि व्यापार घाटा बढ्ने र बाह्य क्षेत्र दबाबमा पर्ने जोखिम रहेको उल्लेख गरेको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै  फेरि व्यापार घाटा बढ्ने र बाह्य क्षेत्र दबाबमा पर्ने जोखिम रहेको उल्लेख गरेको हो। 

भूकम्पपछि शुरु हुने पुनःनिर्माण र आन्तरिक उत्पादन, आयात तथा व्यापार सन्तुलनको विगतको प्रवृत्तिलाई हेर्दा व्यापार घाटा बढ्ने र बाह्य क्षेत्र पुनः दबाबमा पर्ने जोखिम रहेको राष्ट्र बैंकको विश्लेषण रहेको छ । यसर्थ, आन्तरिक उत्पादन क्षमता र मागको बीचमा सन्तुलन कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विगतमा लिइएका नीतिगत व्यवस्था, आयातमा आएको कमी र उल्लेख्य विप्रेषण आप्रवाहका कारण शोधनान्तर स्थितिमा सुधार देखिएतापनि आन्तरिक उत्पादन क्षमता कमजोर रहेको पृष्ठभूमिमा यस्तो सुधारलाई टिकाई राख्न चुनौतीपूर्ण रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । शोधनान्तर स्थितिमा आएको सुधार र आन्तरिक आर्थिक अवस्थालाई दृष्टिगत गरी नीतिगत व्यवस्थाहरुमा लचकता अपनाउँदै लगिएको राष्ट्र बैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved