बजारमा अधिक तरलता, बिहिबार २० अर्ब फिर्ता लैजादै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 07:03:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुबाट २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले मङ्सिर २८ गते बिहिबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो। 

राष्ट्र बैंकले १४ दिनको लागि बजारबाट २० अर्ब खिच्न  निक्षेप संकलन बोलकबोल गर्ने भएको हो । २०८० पुस १२ गते राष्ट्र बैंकले यसको सावाँ तथा ब्याज फिर्ता गर्ने छ। 

यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।  निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पछिल्लो समय बजारमा अधिक तरलता भएपछि रह्स्त्र बैंकले निरन्तर बैंकिंग प्रणालीबाट निक्षेप खिचिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved