कुमारी बैंकले सातामै दोस्रो पटक घटायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 09:52:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले साता मै दोस्रो पटक निक्षेपको ब्याजदर घटाएको छ। बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको भोलिपल्टै अर्थात् शनिवार ब्याजदर घटाएको थियो।सो ब्याजदर शनिवार बाट नै लागु भएको थियो ।

बैंकले आज शुक्रबार फेरी निक्षेपको ब्याजदर घटाएको छ । आज घटाएको ब्याजदर भने पुस १ गतेबाट लागु हुने बैंकले जनाएको छ ।

 नयाँ ब्याजदर अनुसार बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत ब्याज दिने छ। एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकिएको छ। संस्थागत तर्फ एक वर्षसम्मको ब्याज ६.७५ प्रतिशत तथा १ वर्ष भन्दा बढी अवधिको ब्याज ७.३१ प्रतिशत तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved