दोस्रो त्रैमासको रिपोर्ट हेरेपछि गभर्नरले गरे कृषि विकास बैंकको प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 05:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको प्रशंसा गरेका छन् ।  आज आयोजित बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकको वित्तीय विवरणको प्रशंसा गरेका हुन् ।  

यो वर्षको पहिलो त्रैमासमा बैंक घाटामा रहेको स्मरण गर्दै गभर्नर अधिकारीले बैंकको बोर्ड, व्यवस्थापन र कर्मचारीको अथक मेहनत र प्रयासले दोस्रो त्रैमासमा राम्रो रिकभरी बढेर बैंक नाफामा गएकोमा बैंकको प्रशंसा गरेका छन्। यो एकदामी राम्रो कुरा रहेको र यस्ता कुरालाई निरन्तरता दिने विश्वास गभर्नरले व्यक्त गरेका छन् । 

बैंकले आज मात्रै दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको हो। अघिल्लो आर्थिक वर्षको यो अवधिमा बैंक १२ करोड ८९ लाख रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड खुद नाफा कमाएको छ । गभर्नर अधिकारीले यहि रिकभरीको प्रशंसा गरेका हुन् ।

बैंकको एक तिहाईभन्दा बढी कर्जा कृषि मै लगानी रहेको उनले बताए । उनले कृषिमै ठूलो अवसर रहेको र नेपालले आयात गर्ने गरेका कृषि उपजको आयात प्रतिस्थापन गर्नको लागि पनि बैंकले कृषि क्षेत्रको लगानीलाई निरन्तरता दिनु पर्ने बताए। 

अघिल्लो वर्ष तरलताको कारणले गर्दा बैंकको लगानीयोग्य रकम धेरै नै कम रहेको र झन्डै झन्डै सिडी रेसियो नाघ्न लागेको उनले स्मरण गरे। तर अहिले भने सिडी रेसियो ८० प्रतिशत रहेको र ठूलो लगानी गर्ने क्षमता बनाएको उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved